आइतवार थप २१९ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिका कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार कुल ९ हजार ६७७ मध्ये सात हजार १८० जनामा गरिएको आरटी पीसीआर परिक्षणमा २१३ र दुई हजार ४९७ जनामा गरिएको एन्टीजेन परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ५८५ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो समय थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९०६ जना रहेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.