काठमाडौं । नेपालमा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६०८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
सोही अवधिमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ५९० जनाको मृत्यु भइसकेको छ ।