काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनैतिक प्रतिवेदनको शीर्षक परिवर्तन गर्न सुझाव पेश भएको छ ।
उपत्यका विशेष प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेता जगत सिम्खडाले प्रतिवेदनको शीर्षक परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुने समूहमा सुझाव आएको बताए ।
प्रचण्डले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनको शीर्षक '२१ औँ शताव्दीमा समाजवादको नेपाली बाटो' रहेको छ ।