काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्जत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको बताएका छन् ।
शनिबार देश भरका वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटनलाई सम्धबोन गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीको यो भनाइ मुख्यत: माधव नेपाल र पुष्पकमल दाहालप्रति लक्षित छ ।
‘पार्टीको बेइज्जत गर्नेहरु गइसके अब पार्टी शुद्धीकरण भयो । पार्टीलाई सरकाबाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र बाह्य साँठगाँठको निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि बढेको छ,’ ओलीले भने ।
ओलीले यसो बताइ रहँदा विगतमा माधव समूहमा रहेका भीम रावलले पार्टी एकताका लागि गरिएको दश बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाएका छन् ।
एमाले अधिवेशन : ककनी गाउँपालिकाका सबै वडा अधिवेशन सम्पन्न