नेपाली कांग्रेस र कांग्रेस निकट भ्रातृ संस्थाले देशभर विभिन्न कार्यक्रम गरेर ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाइरहेका छन् ।
सोही अवसर पारेर कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सुन्दरीजलस्थित बिपी संग्रहालय पुगी बिपी र गणेशमानको शालिकमा माल्यार्पण गरे । सुन्दरीजल बिपी कोइरालाले जेल जीवन बिताएको स्थल हो ।
पृष्ठभूमि
राजा महेन्द्रले ‘कू’ गर्दै २०१७ साल पुस १ गते शासन आफ्नो हातमा लिएपछि महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध र नेताहरुमाथि देशद्रोहको मुद्दा लगाए ।
र, कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायतलाई जेल हाले ।
जसका कारण बिपी कोइरलालगायत नेता २०२५ कात्तिक १४ गतेसम्म जेल जीवन बिताउन बाध्य भए ।
जेलबाट बाहिर निस्किएसँगै उनीहरु भारततर्फ लागे । आठ वर्ष भारतमा जीवत व्यतित गरिसकेपछि २०३३ पुस १६ गते अर्थात् आजकै दिन नेपाल फर्केका थिए । उनीहरुमाथि मृत्युदण्डको सजाय सुनाइएको थियो ।
किन मनाइन्छ मेलमिलाप दिवस ?
२०३३ साल पुस १६ अर्थात् आजकै दिन आफूमाथि लागेको मृत्युदण्डको सजायको बेवास्था मेलमिलापको नीति लिएर बिपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेता नेपाल फर्किए ।
उनीहरु नेपाल फर्किनुको मुख्य ध्येय राष्ट्रियता जोगाउन राजसंस्था र राजनीतिक दलसँग मिलेर अघि बढ्नु थियो । नेपाल फर्किँदा उनीहरुमाथि मृत्युदण्डसमेत हुने सम्भावना थियो ।
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बिपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारे । जुन अहिले पनि सान्दर्भिक छ।
राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४५ वर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको नेताहरु बताउँछन् ।
वर्तमान नेपाली कांग्रेसका नेता बिपीलगायतले गरेका काम र योगदानलाई प्रसंसा गर्छन् । दिवसको रुपमा मनाउँछन् ।
तिनै योगदानलाई अंकमाल गर्दै ठूला(ठूला भाषण गर्छन् । तर, व्यवहारमा त्यो देखिँदैन ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस वर्षेनी आउँदै गर्दा वर्तमान नेताको सद्बुद्धि भने अहिलेसम्म आउन सकेको देखिन्नँ ।
तर, प्रजातन्त्रको स्थापनामा बिपीको योगदानलाई स्मरण गर्दै कांग्रेसीले आज राष्ट्रिय दिवस मनाउँछन् ।