मेरो नाम विमलप्रसाद आचार्य हो। मेरो स्थायी घर सिन्धुपाल्चोक हो । हाल काठमाडौं बौद्ध-६ सरस्वतीनगरमा बस्दै आएको छु ।
२०४८ सालको चुनावपछि २०५२ सालबाट भूमिगत हुँदै बाध्यतावश म माओवादी पार्टीमा आबद्ध भएको थिए ।
सुरुमा मलाई तँ माथिल्लो जातको भन्दै घन कुटाइयो । पछि बुझ्दा त्यो युद्ध सामग्री बनाउने काम रहेछ ।तर, त्यो काम त्यति सहज थिएन । त्यसपश्चात् २०५८ सालमा त्यो काम बन्द भयो ।
त्यतिखेर गरिएको आन्दोलन नकारात्मक थियो । यद्यपि राज्य सत्ता पल्टाउने दृष्टिले जनयुद्ध सही थियो ।
पार्टीभित्र गुट पहिलेदेखि नै बन्दै आएको छ। संयुक्त जनमोर्चाबाट जुनबेला पम्फा भुसाल तथा बाबुराम भट्टराई अध्यक्षमा चुनिएका थिए । त्यो समयमा पनि पार्टी फुटेर ३९ सदस्यीय केन्द्रीय समिति बनेको थियो ।
जनयुद्धका क्रमममा धेरैले ज्यान गुमाए । धेरैले अंगभंग, कति बेपत्ता भए । जनआनदोलनमा बेपत्ता पारिएका युद्धको समयमा भूमिहीन भएका, सामाजिक आर्थिक रुपले पछाडि परेका नागरिकको रक्षा तथा व्यवस्थापन मिलाउने जिम्मा लिने नीति पार्टीको थियो । तर, त्यो हुन सकेन ।
अहिले पनि अंगभंग भएकाहरुको अवस्था नाजुक छ । आर्थिक संकटमा परेका, घरवारविहीन सबैको रक्षा हुन सकेन ।
द्वन्द्वकालमा जुन किसिमको प्रशिक्षण गराइएको थियो । शान्ति प्रक्रियापछि त्यसको ठीकविपरीत भयो। टुटफुटका कारण आज पार्टी स्थिर हुन सकेन।
आज पैसा हुनेले मात्र डक्टर पढेका छन् । भेट्नरी, नर्सजस्ता प्राविधिक विषय सबैले न्यून शुल्कमा पढ्न पाए समानुपातिक, समावेशीलगायत क्रान्तिबाट उपलब्धि कार्यान्वयन हुन्थे ।
साथै, देशमा सक्षम जनशक्ति पनि उत्पादन हुन्थ्यो । उत्पादित जनशक्ति स्वदेशमा खपत नभए दक्ष जनशक्ति विदेश जान्थ्यो । त्यसले देशलाई सहयोग नै गर्छ ।