लमजङ । गण्डकी प्रदेशअन्तर्गतको पहाडी जिल्ला लमजुङमा आज भूकम्प गएको छ ।
जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारमा बिहान १० बजेर १३ मिनेट जाँदा दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
जिल्लाको विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।