विप्लव समुहद्धारा एमसीसीको विरोधमा आज काठमाडौंमा प्रदर्शन हुँदै
आज काठमाडौँको राजधानीमा एमसीसीविरुद्ध प्रदर्शन

 

काठमाडौं। एमसीसीविरुद्ध नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले प्रदर्शन गर्ने भएको छ । आज काठमाडौँको राजधानीमा एमसीसीविरुद्ध प्रदर्शन गर्न लागेको हो । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका एक नेताले जानकारी दिएका छन् । गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन÷चार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका थिए ।एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आइतबार अमेरिका फर्किसकेकी छन् । उनको नेपाल भ्रमणको क्रममा पनि काठमाडौंसहितका सहरमा प्रदर्शन भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.