पाल्पामा यात्रुवाहक बस दुर्घटना, विवरण आउन बाँकी

रूपन्देही । पाल्पामा यात्रुवहाक बस दुर्घटना भएको छ । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो ।

लु. २ ख ७२७९ नम्बरको बस बिहान दुर्घटना भएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । बस बाटोबाट करिब ५० मिटर तल खसेको हो । उक्त बस शव लिएर रिडी जाँदै थियो । बसमा ४० जना यात्रु सवार थिए । 

दुर्घटनामा केही हाताहाती भएको बताएपछि विवरण आउन बाँकी भएको प्रहरीको भनाइ छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.