रूपन्देही । पाल्पामा यात्रुवहाक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो ।
लु. २ ख ७२७९ नम्बरको बस बिहान दुर्घटना हुदाँ बसमा सवारमध्य सात जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । यस्तै दुर्घटनामा ८ जना गम्भीर घाईते भएका छन् ।
बस बाटोबाट करिब ५० मिटर तल खसेको हो । उक्त बस शव लिएर रिडी जाँदै थियो । बसमा ३६ जना मलामी सवार थिए । मृतकहरुको विवरण आउन बाँकी भएको प्रहरीले जनाएको छ ।