काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन जारी छ । महाधिवेशनले केन्द्रीय कमिटीमा सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने नयाँ व्यवस्थाका लागि सवधान संशोधन गरेको छ ।
नयाँ विधानअनुसार खुला क्षेत्रबाट ५० प्रतिशत र समानुपातिक समावेशी क्लस्टरबाट ५० प्रतिशत केन्द्रीय समिति सदस्य चयन गर्ने छ । कूल ५० प्रतिशत समानुपातिकमा खसआर्य, मुस्लिम, थारु, मधेसी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ ।
सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने छ । समानुपातिक तर्फ माओवादीबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा खसआर्यबाट जम्मा ४५ जना हुनेछन् जसमा १२ जना पुरुष, ३ जना युवा पुरुष, २४ जना महिला, र ६ जना महिला युवा रहनेछन् ।
त्यसैगरी दलिततर्फ २२ जना निर्वाचित हुनेछन् । यसमा जना पुरुष, १ जना युवा पुरुष, ११२ जना महिला र ३ जना महिला युवा रहनेछन् । मुस्लिमतर्फ ७ जना निर्वाचित हुनेमा १ पुरुष, १ पुरुष युवा, १३ जना महिला, ३ जना महिला युवा हुनेछन् ।
माओवादीको विधानअनुसार मधेसीतर्फ २३ निर्वाचित हुनेछन् । जसमा ६ जना पुरुष, १ जना पुरुष, १३ जना महिला र ३ जना महिला युवा हुनेछन् । आदिवासी जनजातितर्फ ४३ जना निर्वाचित हुनेछन् । जसमा ११ जना पुरुष, ३ पुरुष युवा, महिला २३ र महिला युवा ६ जना हुनेछन् । थारूतर्फ १० जना निर्वाचित हुनेमा २ जना पुरुष, १ जना पुरुष युवा, ६ जना महिला र १ जना महिला युवा निर्वाचित हुनेछन् ।
त्यसैगरी अपाङ्गतातर्फ २ जना निर्वाचित हुनेमा १ पुरुष र १ महिला रहनेछन् भने पिछडिएको क्षेत्रबाट पनि २ जना निर्वाचित हुनेमा महिला पुरुष एक एक जना हुने माओवादीले जनाएको छ ।