पसलमा आगलागी हुँदा २० लाखको क्षति

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका–६ स्थित पूजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । 

पसलमा रहेका रिचार्जकाड, चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको  टिना, गुटखा, चिनी, दालसहित जलेर नष्ट हुँदा २० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पसलका सञ्चालक सुनिता कुमारी साहले बताइन् । 

आगलागीको कारण अझै नखेलेको प्रहरीको भनाइ छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.