काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा प्रदेश इन्चार्जमार्फत् आवेदन माग गरिएको छ ।
आइतबार माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार साहका अनुसार प्रदेशगत उम्मेद्वारी दिँदा क्लस्टरअनुसार आवेदन दिन आग्रह गरिएको हो ।
विधानअनुसार विभिन्न क्लस्टरमा जानैपर्ने भएकाले क्लस्टर अनुसार मिलाएर आवेदन दिनका लागि यस्तो व्यवस्था गरिएको उनले जानकारी दिए ।
क्लस्टर मिलाएर आवेदन दिन जटिल भएको भन्दै उनले त्यसको सहजताका लागि स्थायी कमिटीमा छलफल गरेर नै यो निष्कर्षमा पुगेको बताए ।