कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डिएपी किनेको भन्दै एक अर्बभन्दा बढी बिगो माग गर्दै विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो । 

सरकारले तोकेको मापदण्डभन्दा न्यून गुणस्तरको डिएपी खरिद गरेको भन्दै कृषि सामग्री लिमिटेडका तत्कालीन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ ।

लिमिटेडका कर्मचारी र आपूर्तिकर्ताको मिलेमतोमा अनियमितता भएको आयोगको निष्कर्ष छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.