प्रचण्डले २३६ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै 

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको घोषणा गर्ने तयारी गर्दै छन् । 

कुल २९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरु पछि मनोनीत हुने बताइएको छ । 

८ औं महाधिवेशन अन्तरगत जारी बन्दसत्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक तर्फ १२५ र खुल्लातर्फ १११ जनाको नाम बन्दसत्रमा घोषणा गर्ने तयारी गरेका छन् ।

ती नामहरु सर्वसम्मत नभए निर्वाचनको प्रक्रियाबाट सदस्य चयन हुनेछन् । 

माअ‍ोवादीमा १५४ जना समानुपातिक र १४५ जना सदस्य चयन हुने व्यवस्था रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.