देउवाले ठीक भने : एमाले अझै बलियो छ

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा कम र यथार्थ नै बोल्ने गर्छन् ।

तर, उनमा यो विशेषता अरुको प्रसंसा गर्दा भने कार्यान्वयन हुँदैन ।

आइतबार सभापति देउवाले रामेछापका जिल्ला सभापतिसहितका नेतासँग  ‘गाउँगाउँमा अझै एमाले बलियो छ’ भन्ने अभिव्यक्ति दिए ।

थोरै बोल्ने स्वाभावका सभापति देउवाको  भनाइ सान्दर्भिक र यथार्थ हो ।  तर, उनले गाउँमा एमाले बलियो छ भनिरहँदा केन्द्रमा एमाले बलियो छ । अब हामी  एमालेसँग लड्न सक्नेगरी सुदृढ हुनुपर्छ चाहिँ भनेनन् । बरु हाल कायम रहेको गठबन्धलाई निरन्तरता दिन निर्देशन दिए । 

हुन त उनमा यसो हुनुको पछाडि गठबन्धन र सर्वोच्चको फैसलाबाट बनेको प्रधानमन्त्रीको प्रभाव पनि हुन सक्छ । 

यतिखेर नेकपा एमाले फुटेर अर्को नेकपा एकीकृत समाजवादी पार्टीको जन्म भएको छ । पार्टी फुटे पनि नेकपा एमलेमा संघदेखि प्रदेशसम्म नेकपा एमलेकै बाहुल्यता छ ।

भलै संसदीय व्यवस्थामा अंकगणितको खेलका कारण संघमा शेरबहादुर देउवा प्रधानमान्त्री र प्रदेश सरकारहरु फेरिएका छन् ।

कानुनीगत रुपमा राजनीतिक दल पनि कानुनको घेरमा रहन्छन् भने पनि व्यवहारत त्यसो हुन सकिरहेको छैन । सम्भवत: राजनीतिक दलमा हामीले नै कानुन बनाउने भन्ने मनसायका कारण यसो भएको हुन सक्छ । 

यही मानसिक्ताका कारण चारतिर फर्किएका विचार, नीति र दृष्टान्त भएका दल मिलेर गठबन्ध बनेको छ ।

गठबन्धन बन्दा  नेकपा एमालेबाट फुटेर बनेका एकीकृत समाजवादी पार्टी र आफ्नो अस्तित्व सकिँदै गएको नेकपा माओवादीलाई त केही राहत भएकै छ । 

यद्यपि नेपाली कांग्रसजितको इतिहास बोकेको पार्टीलाई चाहिँ यसले कहाँ पुर्‍याउँछ भन्ने मूल प्रश्न छ ।   

केन्द्रदेखि गाउँसम्म नेकपा एमाले बलियो छ भनिरहँदा देउवाको ध्यान एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने कांग्रेस बनाउनेमा छैन । बरु नेकपा एमालेसँग डराएर माओवादीलगायतसँग सहकार्य गर्ने अडानमा छन् ।

देउवाको यो अडानप्रति कार्यकर्ता शशंकित छन् । मुख्यतया: माओवादीसित सहकार्यलाई लिएर हिचकिचाइरहेका छन् ।

यसले शेरबहादुरलाई प्रधानमन्त्री र केही प्रदेशमा आफूअनुकुल सरकार बनेका छन् । तसर्थ कांग्रेसले अहिले पनि एमाले बलियो छ भनेर नीति र सिद्धान्तविपरीत हुनुभन्दा एमालेसँग प्रतस्पर्धा गर्ने क्षमता बढाउँदा राम्रो हुन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.