काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको सरकार ढालेर विपक्षीसँग हिड्दैमा समाजवाद नआउने बताएका छन् ।
सोमबार जनसांस्कृतिक भेलालाई संबोधन गर्ने क्रममा ओलीले सो बताएका हुन् ।
सोक्रममा उनले अध्यक्ष प्रचण्डप्रति कटाक्षसमेत गरे।
उनले भने- बामपन्थीहरुको ६४ प्रतिशत अवस्था छ । त्यही सरकार ढाल्ने । अनि पार्टी फुटाउने । सबै ठाउँमा कम्युनिष्टलाई कमजोर बनाउने अनि समाजवादको नेपाली बाटो रे ! यहि हो नयाँ बाटो ?'