राष्ट्रिय सभा निर्वाचनः एमाले उम्मेदवारले गरे मनोनयन दर्ता

पोखरा ।  राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो ।

 सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.