काठमाडौं । शुल्क विवादका कारण विराटनगरस्थित नोवेल मेडिकल कलेज अहिले तनावग्रस्त बन्न पुगेको छ ।
एमबीबीएस प्रथम वर्षका विद्यार्थीको पक्षमा सहमति जनाउँदैँ नोवेल पुगेका विधार्थी संगठनका नेता तथा कार्यकर्ताले केहि तोडफोड गरेका छन ।
अतिरिक्त शुल्क नबुझाएको आरोप लगाउँदै मेडिकल कलेजले लगभग ८० विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेश तथा अध्ययनमा रोक लगाएपछि विधार्थीहरु कक्षा प्रवेशको माग राख्दै आन्दोलित बनेका हुन । ती विधार्थीहरुको उत्थानका लागि विराटनगर पुगेका विधार्थी संगठनको टोली कलेजको गेटमा पुगेर केहि तोडफोठ समेत गरेका छन । अहिले गेट तोडेपछि प्रशासनमा प्र्रवेश गरेर ताला लगाएका छन । कलेज परिसरको वातावरण तनावग्रस्त बन्न पुगेको छ भने भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीको टोली त्यस क्षेत्रमा पुगिसकेको छ ।
१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले फरक शिर्षक बनाएर ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ।