आगामी चुनावमा गठबन्धन नगर्ने कोइराला समूहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस शेखर कोइराला समूहको भेलाले आगामी चुनावमा एक्लै लड्ने निष्कर्ष निकालेको छ ।

बुधबार शेखर कोइराला समूहमा नेताको छलफलले सो निष्कर्ष निकालेको हो । यसअघि सभापति शेरबहादुर देउवाले रामेछाप जिल्ला सभापतिलगायत नेताहरुसँगको छलफलमा  अहिले गाउँगाउँमा एमाले  बलियो रहेको भन्दै गठबन्धन तत्काल नटुट्ने बताएका थिए । 

कोइराला समूहको छलफलमा सहभागी महामन्त्री थापाले आउने चुनावमा कांग्रेस वडादेखि केन्द्रसम्म एक्लै चुनाव लडेर बहुमत ल्याउनुपर्छ भन्ने आफ्नो समूहको धारणा रहेको बताए ।

उनले भने, ‘आउने चुनावमा पार्टीलाई पहिलो बनाउने होला । पार्टीको ४० प्रतिशत जनमतलाई पाखा पारेर उहाँको उद्देश्य कसरी पूरा हुन्छ ? हामी गठबन्धनको पक्षमा छैनौ, वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै लड्नुपर्छ भन्ने हाम्रो समूहको विचार हो । यसमा हामी प्रष्ट हुनुपर्छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.