काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टीको महासचिवका लागि आफू तयार रहेको बताएका छन् ।
बुधबार एक न्युज एजेन्सीसँगको कुराकानीका क्रममा गुरुङले सो बताएका हुन् ।
माओवादी केन्द्रको महासचिव पदमा अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनको नाम चर्चासँगै उनको पनि नाम जोडिएको छ । पार्टी पदका लागि दाबी गर्ने ठाउँ नभई उचित निर्णय गरी पार्टीले जिम्मा दिए सम्हाल्न तयारी रहेको बताए ।
‘उहाँहरु दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कम्रेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ । …लिडरसीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाइनास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन’ उनले भने ।
नेता गुरुङले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए ।
माओवादी केन्द्रको महासचिव पदमा अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनको नाम चर्चासँगै उनको पनि नाम जोडिएको छ । पार्टी पदका लागि दाबी गर्ने ठाउँ नभई उचित निर्णय गरी पार्टीले जिम्मा दिए सम्हाल्न तयारी रहेको उनले बताए ।