काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशन आगामी फागुन ११ देखि १३ सम्म आयोजना हुने भएको छ ।
युवा संघको कार्यालय समिति बैठकले उल्लेखित मितिमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
युवासंघका उपाध्यक्ष क्षितिज थेबेका अनुसार युवा संघको कार्यालय समिति बैठकले प्रदेश २ मा महाधिवेशन आयोजना गर्ने निर्णय लिएको र त्यसैलाई आगामी सचिवालय बैठकले अनुमोदन गर्नेछ ।
युवा संघको सचिवालय बैठक पुस २८ र २९ गते पोखरामा हुने भएको छ ।
युवा संघ महाधिवेशनअगाडि माघ ७ मा देशभर वडा अधिवेशन, माघ १५ मा पालिकास्तरका अधिवेशन र माघ २२ मा जिल्ला अधिवेशन हुनेछन् ।