होटलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

कैलाली । होटेलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–११  मा धनगढीमाई नगरपालिका–१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा  पेट्रोल  छर्केर आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका–१२ का २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका२ बस्ने १९ वर्षीय धिरज कुमार यादव छन् । 

लेनदेनको विषयलाई लिएर उनीहरूले उक्त होटलमा आगो लगाएका हुन् । आगलागीबाट होटलको सामानहरू जलेर करिब  एक लाखभन्दा बढीको नोक्सान भएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.