काठमाडौं । ललितपुरमा स्यानिटाइजरमा लागएको कर मिनाहको माग गर्दै प्रदर्शन भएको छ ।
शनिबार अभियान्ताहरुले 'रातो कर माफ गर' भन्दै प्रदर्शन गरेका हुन् । महिनावारी हुँदा प्रयोग गरिने प्याडमा लगाएको कर फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।
प्रदर्शनमा सहभागी भएकाहरुले 'रातो कर बन्द गर', 'रातो कर माफ गर', 'हाम्रो महिला राष्ट्रपति कहाँ हुनुहुन्छ ?' जस्ता सन्देश लेखिएका प्लेकार्ड, व्यानर प्रदर्शन गरिएको थियो ।


