काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर करण केसी नेपाल पुलिस क्लबमा आबद्ध भएका छन् ।
नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवालले करण पुलिसमा आबद्ध भएको पुष्टि गरे ।
ुनेपाल राष्ट्रिय क्रिकेट टिमको सर्वोत्कृष्ट अलराउन्डर करण के।सी। नेपाल पुलिस क्लबमा आबद्ध हुनु भएकोमा उहाँलाई हृदय देखि स्वागत गर्दछौ,ु उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
२६ पुसबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगिताका लागि उनी पुलिसमा आबद्ध हुने भएका हुन् ।
हाल पुलिसमा दीपेन्द्र सिंह ऐरी, कप्तान मन्जित श्रेष्ठ, कुशल भुर्तेल लगाबयतका खेलाडी अनुबन्ध छन् ।
यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुँदै आए पनि यस पटक टी २० फर्म्याटमा हुन लागेको हो ।
नेपाली टिमले ओमानमा हुने आईसीसी टी ट्वान्टी ग्लोबल छनोट खेल्ने भएसँगै नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता टी २० फर्म्याटमा गरेको हो ।