काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतले लिपुलेक क्षेत्रमा बढाएको गतिविधि रोक्न माग गरेको छ ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिम्पियाधुरालगायत क्षेत्रमा विकासका गतिविधि अघि बढाउने अभिव्यक्ति दिँदा पनि नेपाल सरकार मौन रहेका बेला जनमोर्चासँग उसले सो माग राखेको हो ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै मोदीको यो अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्माण कार्य रोक्न माग गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए ।
मोदीको अभिव्यक्तिबारे सरकार र गठबन्धनमा आबद्ध छन् ।