ललितपुर । ललितपुर महानगरपालिकाले कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल लगाएको छ । झन्डै सडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएको ।
९२ किलोमिटर लम्वाइ रहेको कान्ति लोकपथअन्तर्गत पर्ने सुनाकोठी सडक ११ मिटर चौडा गर्न ०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइए पनि मुआव्जा र क्षतिपूर्ति नदिँदा विस्तार भएन । २०७७ सालमा सरकारले यथास्थितिमै सडक कालोपत्र गरेको थियो ।
पर्खाल लगाउँदा सडकमा गाडी गुड्न समस्या हुने सुनाकोठीमा यात्रारत रमेश घिमिरेले बताए । उनले भने, ‘सडक साँघुरो छ । फुटपाथबाट मोटरसाइकल गुड्थे । गाडीलाई साइट दिन सजिलो भएको थियो । अब पर्खाल लगाएपछि दोहोरो गाडी छिर्न मुस्किल भयो ।
साँघुरो सडक त्यसमाथि बीचबाट महानगरपालिकाले फुटपाथ बनाउने भन्दै पर्खाल लगाएपछि सडकमा सधै जाम हुने गरेको छ । उनले भने, ‘जाम भयो भने यहाँका बासिन्दालाई पनि समस्या हुन्छ । महानगरले बुझ्नुपर्ने हो ।
फुटपाथ बनाउन भन्दै महानगरपालिका(२७ का वडाध्यक्ष बाबुराजा महर्जनले फुटपाथ बनाउन काम सुरु गरेको बताएका छन। सम्पदा क्षेत्र रहेको ठाउँ फोहोर रहेकाले व्लक छाप्न पेटी बनाएको बताए । उनले भने, ‘कालोपत्रे भएको सडकमा पर्खाल लगाएको होइन, अघिल्लो वर्ष पनि यहाँ पर्खाल लगाइएको थियो ।
महानगरले गठन गरेको उपभोक्ता समितिका अध्यक्ष कविन्द्र डंगोलले १० लाख बजेटमा काम गर्न लागिएको बताए । टोल बासीको योजनामा पर्खाल लगाइएको उनले बताए । उनले भने, ‘जात्रा गर्न पनि समस्या भयो । फोहोर पनि भयो । सुनाकोठीमा जताततै व्लक राखिएको छ ।