पीएम कपमा पुलिसको रोमाञ्चक जित

काठमाडौं ।  सुदूरपश्चिम एघारलाई दुई रनले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री पीएमकप राष्ट्रिय टी २० प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

मुलपानी खेल मैदानमा जितका लागि ९४ रनको विजयी लक्ष्य पाएको सूदुरपश्चिम प्रदेश निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९१ रनमा समेटियो ।

सुदूपश्चिमका गजेन्द्र बोहोराले सर्वाधिक २७ रन बनाउँदा नारायण जोशीले २२ रनको योगदान दिए । यस्तै, खडक बोहोराले १३ रन बनाए । 

पुलिसका आशिफ शेषले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले नौ रन मात्रै खर्चिएका थिए । यस्तै, करण

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले कुशल मल्लको २१, पवन सराफको २० र आरिफ शेषको १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

टस हारेर बलिङ पाएको सुदूरपश्चिमको लागि आदित्य महत र नारायण जोशीले सर्वाधिक तीन विकेट लिँदा शेर मल्लले दुई विकेट लिए । जितसँगै समूह ए मा रहेको पुलिसले दुई अंक बटुलेको छ ।

 केसी, दीपेन्द्र सिंह ऐरी र पवन सराफले समान एक विकेट लिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.