नारायणहिटी संग्राहलयमा बतास प्रकरण: छानबिन समितिले सार्वजनिक गर्‍यो प्रतिवेदन

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन सोमबार सार्वजनिक भएको छ ।

नारायणहिटी दरबारमा बतास समूहको प्रवेशको विषयमा अध्ययन गर्न समितिको प्रतिवेदन सार्वजनिक भएको हो।

सार्वजनिक प्रतिवेदनमा नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफटेरिया सञ्चालनको ठेक्का प्रक्रियामा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जिम्मेवारी पूरा नगरेको उल्लेख छ ।

केही दिनअघि सरकारले छानबिन समिति गठन गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.