बाध्यताले मन्दिरमा पुर्‍यायो : कमला गुरुङ

परिस्थितिले मानिसलाई फरक अनुभव र जिम्मेवारी प्रदान गर्छ । 

त्यही परिस्थितिका कारण कोही सडकमा पुग्छन् त कोही कोही चन्द्रमामा ।

तर, भोजपुर  दिङ्ला माइतीघर भएकी ५०  वर्षीया कमला गुरुङलाई परिस्थितिले सडकमा पु¥याएको छ ।

पाँच वर्षकी छोरी र आफूलाई विवाह गरेको पाँच वर्षमै श्रीमानले सदाका लागि छाडेर गएपछि मन्दिरमा बसेर जीविकोपर्जन गर्न बाध्य छिन् उनी ।

१३ वर्षअघि छोरी च्यापेर काठमाडौं आएको उनी बताउँछिन् । 
तर, काठमाडौं आएर पैसा कमाएर छोरीलाई राम्रो शिक्षा दिने उनको सपना अधुरै रह्यो ।

२०६५ सालमा काठमाडौं आएकी उनले सुरुमा होटल र रेस्टुरेन्टमा  काम गरेर छोरी पढाइरहेकी थिइन् । 

जेन तेन उनको जीवन चल्दै थियो । तर, कोेभिडले उनको रोजी रोटी खोसिदियो । आर्थिक संकटले उनलाई च्याप्दै लग्यो । कमाउने कुनै  बाटो भएन ।  बिस्तारै घरभाडा  र विहान बेलुका हात मुख जर्न गर्न गाह्रो हुँदै गयो ।

यही अवधिमा उनकी २० वर्षकी छोरी मानसिक बिरामी भइन् । उपचारका लागि पैसा नहुँदा उनी छोरीलाई  कोठामा थुनेर मन्दिरमा माग्न आउँछिन् ।

आपत परेपछि सहयोगको याचना गर्दै आफ्नतकहाँ पुगे पनि सहयोग नमिलेको उनको गुनासो छ । बरु इन्द्रेणी कृष्ण कँणेलले दश हजार दिएको उनले बताइन् ।

‘त्यसले उपचारमा केही राहत पुर्‍यायो । यसका अलावा अन्यत्रबाट पनि सहयोग भयो । तर, मागेको पैसाले पुगेन,’ उनले भनिनन्, ‘ हाल छोरीको उपचार पाटन अस्पतालबाट हुँदै आएको छ । तर, अस्पतालले कुनै पनि सरकारी औषधि उपल्बध गराएन  ।’

छोरीलाई कोठामा थुनेर काठमाडौं न्यूरोडस्थित संकटा मन्दिरमा मागेरै उनले आफ्नो दैनिकी चलाइरहेकी छिन् । त्यहीँबाट प्राप्त रकमबाट छोरीलाई औषधि किनेर दिन्छिन् । 

‘एकदिन औषधिको अभाव भयो भने गाह्रो हुन्छ ।  बोलिदिने कोहि छैनन् । कुनै संस्थाले व्यावस्थापन गरिदिने भए पनि सहयोग मिल्ने थियो ।  छोरीको  मायाले मात्र हो । नत्र आत्महत्या गर्न मर्न लाग्छ,’उनले भनिन् ।

छोरीको हेरचाह गरिदिने कोही नहुँदा पनि आफू काममा जान नसकेको बताउँदै उनले आफ्नो समस्या सम्बन्धित निकायमा पुर्‍याइदिन अनुनय गरिन् ।

‘मेरो समस्या सम्बन्धित निकायमा पुर्‍याइदिए मलाई राहत मिल्नेछ । एकल महिलाको भत्ता पनि पाएको छैन । सरकारले एकल महिला र सुकुम्बासीका लागि राहत वितरण गर्ने भए पनि सम्बन्धित निकायले सेवा प्रदान गर्न सकेन ।’

गुङललाई  विवाहपश्चात् परिस्थितिले अर्को संसारमा धकेलको छ ।  

सरकार गरिबी निवारणका लागि विभिन्न नीति नियम बनाउन व्यस्त छ । राजनीतिक दललाई भाषण गर्न भ्याइ नभ्याइ छ ।

तर, समाजमा एकल महिला भत्ता पाउन नसक्ने गुरुङ अझै धेरै छन् । गुरुङजस्ता पीडितको उद्धारका लागि सम्बन्धित निकायको ध्यान पुगोस् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.