काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपाल काठमाडौंको जिल्ला अधिवेशन आज मंगलबार हुँदैछ ।
बिहान १० बजे बाग बजारमा हुने अधिवेशनको उद्घाटन एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
अधिवेशनमा एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजाल र काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलासमेत सहभागी हुनेछन् ।