प्रि-‌ओपन सेसनमा पनि बढ्यो सेयरबजार

काठमाडौं । के‍ही दिनयता हरियाली छाएको सेयरबजार बुधबार प्रि-ओपन सेसनसम्म कायम छ ।

यही क्रममा बुधबार पनि सेयर बजार प्रि-ओपन सेसनमा उकालो लागेको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४९.१८ अंक बढेर २८३४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.७४ अंक बढेर २८३९.८७ विन्दुमा पुगेको छ।

यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ।

यस दिन प्रि ओपन सेसनमा २५ कम्पनीको ५२ लाख ४ हजार ७१० रुपैयाँ बराबरको ८ हजार १२३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.