विभागीय आर्मी हेल्प नेपालसँग स्तब्ध

पोखरा । विभागीय टिम नेपाल आर्मी क्लब टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबसँग पराजित भएको छ । लगातार ३ सेट गुमाएर सोझो सेटमा आर्मी हारेको हो । 

हेल्प नेपालले आर्मीलाई २५–१५, २५–२१ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो । जितपछि हेल्प नेपालले दुई खेलबाट ४ अंक र आर्मीले दुई खेलबाट ३ अंक बटुलेको छ ।

प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपालका विनीत म्यान अफ दि म्याच र आर्मीका ईश्वर थापा वेस्ट डिफेन्डर घोषित भएका छन् । माघ १ गते सम्म राउन्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.