गैंडाकोट दुर्घटनामा घाइते भएकाको यस्तो छ अवस्था (विस्तृत विवरणसहित)
स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार भइरहेको छ ।

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा
भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार भइरहेको छ ।

प्राप्त जानकारी अनुसार पूर्वबाट पश्चिम आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२ ००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा घाइते भएकाको अवस्था यस्तो छ ,

१.झापा बाहुनडागीका १६ वर्षीय पारस ढकाल - हात र खुट्टामा चोट, अवस्था सामान्य ।)

२.मोरङ विराटनगर महानगरपालिका ३ का २१ वर्षाया पूजा रेग्मी - हात र खुट्टामा चोट (डिष्चार्ज)

३. विराटनगर महानगरपालिका-३ का २१ वर्षीय सरोज पोखरेल - हात र खुट्टामा चोट (डिष्चार्ज)

४.कैलालीकी १६ वर्षीया रोशनी अधिकारी- शरीरमा चोट, सामान्य

५. कन्चनपुर भीमदत्त नगरपालिका-१ बस्ने वर्ष ४९ को मोहन कोइराला- पेटमा चोट, सामान्य

६. जुम्लाको तिला गाउँपालिका-४ का २६ वर्षीय चन्द्रनाथ योगी- हात र खुट्टामा चोट, सामान्य

७. जुम्लाको तिला गाउँपालिका-४ का ३३ वर्षीय टोपबहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर

८. बस चालक कन्चनपुरको भीमदत्त नगरपालिका-४ का ४२ वर्षीय लालवीर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम

९. रुपन्देहीका २८ वर्षीय सुरज अधिकारी- टाउको र कानमा चोट, अवस्था मध्यम

१०. बर्दिया बाँसगढी नगरपालिका-८ का ८२ वर्षीय डिल्लीराम सुवेदी- छातीमा भित्री चोट, अवस्था गम्भिर

११. झापाका ३६ वर्षीय मनकुमार श्रेष्ठ- हात र खुट्टामा चोट, अवस्था मध्यम

१२. कन्चनपुरको झलारीका २६ वर्षीया उर्मिला तिरुवा- पेटमा रगत जमेको, अवस्था मध्यम

१३. ट्रक चालक प्युठानका २७ वर्षीय अमृतसिंह विष्ट- टाउकोमा चोट, अवस्था मध्यम

१४. सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ का ४० वर्षीय रामबहादुर थापा- हात र खुट्टामा चोट, सामान्य

१५. हुप्सेकोट-३ नवलपुरका २६ वर्षीया सबिना लिम्बु- खुट्टामा चोट, सामान्य

१६. हुप्सेकोट -३ नवलपुरका २ वर्षीय बालक जोशन सारु मगर- टाउकोमा चोट, सामान्य

१७. पुरानो बेलहानी नवलपुरका १८ वर्षीया गंगा ओली- छाती र पेटमा चोट, सामान्य

१८. कन्चनपुरका ३२ वर्षीय चित्रदेव लेखक- टाउकोमा चोट, अवस्था गम्भीर

१९. सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का ४२ वर्षीय मनकुमार थापा- ढाड र छातीमा चोट, मध्यम

२०. महोत्तरी बर्दिवास-७ का २३ वर्षीय रमेश यादव- हात र खुट्टामा चोट, मध्यम ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.