काठमाडौं । काठमाडौंस्थित बौद्धमा सदगमय वृद्ध कुटी संचालनमा आएको छ ।
सञ्चालक सिर्जना उप्रेतीले आफ्नी आमा शिवमाया उप्रेती र पिता रामप्रसाद उप्रेतीको नाममा सो कुटी सञ्चालनमा ल्याएकी हुन् ।
लामो समयदेखि अमेरिकामा बस्दै आएकी उप्रेती अमेरिकामा पनि सामाजिक अभियन्ता र समाजसेबीका रूपमा चिनिन्छिन् ।
असहाय वृद्धवृद्धाहरुको सहारा र पालनपोषण गर्ने सो संस्थाको उद्देश्य छ ।
सो कुटी सोमबार एक कार्यक्रमबीच सन्चालक सिर्जना उप्रेती र उनको परिवारले शुभारम्भ गरेका थिए ।
कुटीमा कोही नभएका बृद्दहरूलाई निःशुल्क खान, बस्न र औषधि उपचार गरिने जानकारी दिइएको छ ।
सन्चालन उप्रेतीले धन भएर होइन मन भएर आफ्नो परिवारले यो मनकारी कार्यमा आवद्धता जनाएको जानकारी दिइन् ‘अहिले वृद्धहरूको सेवामा हामी लागेका छौ भने अब बिस्तारै बालबालिका र अन्य दीनदुखीहरूको सेवामा पनि कुटी समर्पित रहनेछ,’ संचालक उप्रेतीले भनिन् ।
आफ्नी छोरीको यस्तो मनकारी कार्यको प्रशंसा गर्दै सन्चालक उप्रेतीका पिता रामप्रसाद उप्रेती र माता शिव माया उप्रेतीले छोरीको धर्म लाग्ने यस्तो कार्यबाट अरूले पनि सिक्नु पर्ने बताए ।
‘छोरी सानैदेखि सेवामा लाग्ने सोच र मन भएकी विचारकी हो । त्यो कुरा उनले आजसम्म पनि निरन्तरता दिइरहेकी छिन । हामी छोरीको यो कार्यप्रति गौरव गर्छौ,‘ उप्रेती दम्पतीले भने ।
कुटीको संरक्षण र आगामी यात्राका लागि ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको पनि साथ रहने जानकारी दिइएको छ ।
शिक्षा क्षेत्रमा आबद्द ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले समय समयमा सामाजिक कृयाकलाप र समाजसेवामा पनि आफ्नो उपस्थिति जनाउँदै आएको सुनिल उप्रेतीले जानकारी दिए
‘यसै क्रममा कुटी सन्चालनमा पनि हामी साथमा छौं र आगामी दिनमा पनि यस्ता मनकारी कार्यमा हाम्रो सँस्थाले सहभागिता जनाउँने छ,’ उप्रेतीले भने ।
सदगमय वृद्ध कुटी सञ्चालनको यस्तो कार्यबाट मनमा शान्ति र असहायहरूबाट आशिष पाइने यस्ताे मनकारी कार्यको नबराज प्रसाईं र दिव्यानी खरेल उप्रेतीलगायतले प्रशंसा गरे ।
कुटीकाे आफ्ना आमा बुबाको नाममा उप्रेती परिवार शरद उप्रेती,सिर्जना उप्रेती,अन्जना उप्रेती र सुनिल उप्रेतीले रेखदेख र संरक्षण गर्ने बताइएको छ ।