काठमाडौं । प्युठानमा चट्याङ लागेर गम्भीर घाइते भएका एकजना पुरुषको मृत्यु भएको छ ।
प्यूठान नगरपालिका–५ जुम्रीकाँडा बस्ने ४६ वर्षीय गोरे कामीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
आफ्नै घरको विद्युतको तारमा चट्याङ पर्दा उनी घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल बिजुवार प्युठानतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु प्रहरीले जनाएको छ ।