काठमाडौं । यस वर्ष नुवाकोटमा माघ १ गते आयोजना हुने गोरु जुधाइ नहुने भएको छ ।
कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएपछि नुवाकोटमा गोरु जुधाई नहुने भएको हो । जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।
केही दिनअघि संघीय सरकारले पनि २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।कोरोनाको जोखिम बढेकाले सभा–समारोह, मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण गोरु जुधाइ मेला स्थगन भएको छ ।