निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सुरु, कुन दलबाट को-को भए सहभागी ?

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आयोग कार्यालय कान्तिपथमा सुरू भएको छ।

कुन दलबाट को-को सहभागी भए ?

बैठकमा एमालेको तर्फबाट विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी सहभागी भएका छन् । 

त्यसैगरी, नेपाली कांग्रेसबाट रमेश लेखकलगायत सहभागी भएका छन् भने नेकपा माओवादी केन्द्रबाट लीलामणि पोखरेललगायत नेता छन् ।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलगायतका दलबाट भने प्रतिनिधि आउन बाँकी छ।


नेपाल मजदुर किसान पार्टीको प्रतिनिध्व गर्दै प्रेम सुवाल बैठकमा गएका छन् । नेपाली जनता दलबाट हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत आयोग पुगेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.