तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बालकोट महेन्द्र शान्तिचोकनजिक बस्ने ४४ वर्षीय रामबाबु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.