मनोज राजको ‘म मरे भने’ म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)

काठमाडौं । गायक मनोज राज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ। ‘म मरे भने’बोलको मार्मिक गीतमा शब्द भरत बाबु केसीको र संगीत   मनोज राजकै रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेका छन् । 

सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोमा आमेश भण्डारी,इन्दु दनुवार,मिलन दाहाल र अशोक रोक्का फिचर्ड छन्।

 भिडियो इन्दु दनुवार अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। 


© 2021 Quicknepal.com  |  All Rights Reserved.