गायिका अरुणा लामाको जन्म जयन्तीमा ‘हाँसी हाँसी जलि रहेँ
दिवंगत गायिका अरुणा लामाको जन्म जयन्तीको अवसर पारेर उनकै लोकप्रिय गीत ‘हाँसि हाँसि जलि रहेँ‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । 

गायिका लामाको जन्म सेप्टबर ९ का दिन दार्जिलिङमा भएको थियो ।

यमु शर्मा क्रिएशनको प्रस्तुती रहेको उक्त गीतमा गायिका कविता श्रेष्ठको स्वर सुन्न सकिन्छ ।

वरिष्ठ गीतकार नरेन्द्रराज प्रसाईंका शब्द तथा कुन्दनराज सुब्बाको संगीत निर्देशनको उक्त गीतको म्युजिक भिडियोमा शिल्पा पोखरेल तथा आयुश छेत्री ९प्रिन्सेस० ले अभिनय गरेका छन् ।

नवराज उप्रेती छायांकन, किरण गिरीको सम्पादन, कृष्ण श्रेष्ठको मोसन ग्राफिक्स रहेको भिडियोमा यमु शर्माको कथा, आयुष छेत्रीको निर्देशन रहेको छ ।

यो म्युजिक भिडियोलाई यमु क्रिएशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोमा घरेलु हिंसामा नारीको मौनता भित्र रहेको पीडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

बुहारीको नाममा देशैभरी फैलिएको संस्था मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष यमु शर्मा शुब्बाले महिला हिंसाविरुद्धको अभियानलाई फरक शैलीमा अघि बढाएकी छिन् ।

भिडियो –

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.