ओकिलीका अनिषको ‘सरिताको दिदी’ मा एसराज र प्रनिमा
कुनै बेलाको लोकप्रिय संगीतिक समुह ओकिलीका गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् ।

काठमाडौं ।    कुनै बेलाको लोकप्रिय संगीतिक समुह ओकिलीका गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् ।

मंगलवार यूट्यूबमार्फत सार्वजनिक भएको सरिताको दिदी‘शीर्षकको गीतमार्फत उनले सांगीतिक पुनरागमन गरेका हुन् ।

यो गीतमा गायक अनिषकै संगीत छ भने शब्दहरु अयोध्या प्रसाद उपाध्याय तथा गायक अनिषले रचना गरेका छन् ।

चाँद सिंह यो गीतका संगीत संयोजक हुन् । गीतलाई संगीतकार राजन इशानले मास्टरिंग गरेका हुन् ।

राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्यूजिक भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दिप क्षेत्रीलाई फिचर गरिएको छ ।

सन्तोष भुजेलको कोरियोग्राफी,शिवराम श्रेष्ठको छायांकन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।

भिडियो :–

© 2021 Quicknepal.com  |  All Rights Reserved.