काठमाडौं । नेपाल सरकारले अफगानिस्तानलाई संयुक्त राष्ट्र संघले उपलब्ध गराएको सूचीअनुरुप मानवीय सहयोग गरेको छ । नेपालले सोही सूचीबमोजिम औषधि, लत्ता कपडा, भाँडाकुँडालगायत सहयोग सामग्री सहयोग गरेको हो । नेपाली जहाज आज करिब १४ टन सामग्री लिएर अफगानिस्तात प्रस्थान गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको टोलीले उपलब्ध गराएको सूची अनुसार औषधि, लत्ता कपडा, भाँडाकुँडा लगायतका करिब १४ टन सामग्री नेपाललाई सहयोग गरेको जानकारी दिए ।
सामग्रीहरु व्यापारी व्यवसायीहरुले सहयोग गरेको मन्त्री खड्काले बताए ।
तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि अफगानी जनजीवन प्रभावित हुँदै आएको छ ।