काठमाडाैं । खल्ती एपको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् ।
पिडितलाइ फोन सम्पर्क गरी आफु खल्ती एपको कर्मचारी हुँ भनी, तपाइको खाता नवीकरण गर्नुपर्ने रहेछ, तपाइको मोबाइल नम्बरमा ओटीपी कोड आउँछ, उक्त ओटीपी कोड अरु कसैलाइ नदिइ टिपाउनु भनी बिश्वासमा पारी ओटीपी कोड लिइ पिडितकै खल्ती आइडि खोली विभिन्न व्याक्तिका नाममा रहेको बैंक खाता,ईसेवा, खल्ती जस्ता आइडीमा रकम ट्रान्सफर गरी उक्त रकम विभिन्न व्याक्तिको नागरीकताको फोटोकपी पेश गरी आइएमई तथा सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम निकाली लिइ अनलाइन ठगी गर्ने कार्यमा संलग्न दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्सा छिपहरमाइ गाउँपालिका वडा न २ बस्ने १८ वर्षिय निरन्जन कुमार गुप्ता र सोही ठाउँका १८ वर्षिय करण यादव रहेका छन् । उनीहरुलाइ ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।