पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता रद्द गर्न छानबिन समितिको सिफारिस  

काठमाडौं । संस्कृति तथा पर्यटन मन्त्रीको प्रस्तावमा पशुपति क्षेत्र विकासको सञ्चालक परिषद गठन गरेको छानबिन समितले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको छ ।

केही दिनअघि गठन भएको सो छानबिन समितले सोमबार सो सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।

सोमबार छानविन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्रालयका सचिव तथा परिषदका सदस्य महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएका छन् ।

छानविन समितिले नेपाल-भारत मैत्री पशुपति धर्माशाला ठेक्का लगाउँदा मिलेमतो भएको ठहर गरेको छ ।

आइतबार पर्यटनमन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गर्दै ‘धर्मशालामा सेभन स्टारजस्तो होटल भनी टिप्पणी गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.