मन्त्रिपरिषद‍् पूर्णता : प्रकाशमानलाई उपप्रधानसहित रक्षा वा गृह दिँदैछन् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद्लाई पूर्णता दिन छलफल जारी गरेका छन् ।

अबको हप्तादिनभित्र मन्त्रिपरिषद् र प्रधानमन्त्रीको सचिवालयले पूणर्ता पाउने गरि प्रधानमन्त्री देउवाले छालफल चलाईरहेका छन् ।

असोज २२ मा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । बीचमा दुई मन्त्रीले राजीनामा दिएका थिए ।  

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्रीविहीन बनेको छ । 

मन्त्री विहीन मन्त्रालयमा मन्त्री नियुक्ति गरेर मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्री देउवा लागेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग नाम जोडिएपछि हमालले असोज २२ मा राजिनामा दिएका थिए । यस्तै कांग्रेको महाधिववेशनमा पराजित भएपछि नैतिकताको आधारमा रक्षा मन्त्री रिजालले राजिनामा दिएका थिए । 

रक्षा मन्त्रालयका लागि कांग्रेस नेता प्रकाशमान सिंहको नाम चर्चामा छ । उनलाई उपप्रधानमन्त्री सहित रक्षा मन्त्री बनाउने गरि कांग्रेसमा छलफल शुरु भएको छ । यस्तै मन्त्रीका लागि पनि कांग्रेसभित्र छलफल शुरु भएको छ । तथापी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि दावी छ । 

कांग्रेसभित्र राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योगमन्त्री बनाउने चर्चा छ । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका तेजुलाल चौधरीपनि लाईनमा छन् । महाधिवेशनमा आफुलाई सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सिंहलाई मन्त्री बनाउन लबिङ गरेका छन् । देउवाले सिंहसँग वार्ता समेत गरिसकेका छन् ।

सिंहले मन्त्री बन्न चाहेको खण्डमा रक्षा वा गृहमन्त्री बनाउन सकिने प्रस्ताव समेत बालुवाटारले राखेका छन् । सिंह भने मन्त्री बन्न तयार भइसकेका छैनन् ।

यस्तै प्रधानमन्त्रीको सचिवालयमा जानेगरि प्रकाशशरण महत, अर्थविद डा. पोषराज पाण्डे, गेजा शर्मा वाग्ले, गोविन्द परियार, बद्री सिग्देल र डा. दिनेश भट्टराईलगायतको चर्चा छ ।

जसमध्ये महतलाई राजनीतिक सल्लाहकार र अन्यलाई आर्थिक, परराष्ट, प्रेस सल्लाहकारलगायतको जिम्मेवारी दिनेगरि छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.