प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना पुष्टि 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । 

‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले क्वीक नेपाललाई भने ।  आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.