२०७९ सालको दशैँको टीका कहिले ?

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ सालका चाडपर्वसहितको पात्र सार्वजनिक गरेको छ ।    

मंगलबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो सार्वजनिक गरेको हो । 

साथै समितिले आगामी माघ १५ बाट २०७९ सालको पात्रो बजारमा ल्याउन स्वीकृति पनि दिएको छ । 

समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्र श्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।त्यस्तै, कात्तिक १० गते भाइटीका परेको छ । ढुंगेलका अनुसार कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत जुरेको छ ।

 


© 2021 Quicknepal.com  |  All Rights Reserved.