गठबन्धनको सरकार बनाउन हैन भत्काउन उदत्त छ :  अध्यक्ष ओली
एमाले परोपकारी पार्टी हो

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धन सरकारले भत्काउन मात्र जानेको बनाउन नजानेको बताएका छन् । आज बुटवलमा एमाले कार्यकर्ताहरुले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले बर्तमान गठबन्धन सकार बनाउने भन्दा भत्काउनेतर्फ उदत्त भएको बताएका हुन् ।

अध्यक्ष ओलीले गठबन्धन सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हास्यास्पद भएको भन्दै सरकारको टिप्पणी गरेका छने । उनले भने,‘‘ गठबन्धनको सरकारले भत्काउन जानेको छ , तर बनाउन जानेको छैन” ।

उनले बर्तमान सरकारले घण्टा घर भत्काए हामी निर्माण गर्न तयारी अवस्थामा रहेको बताएका छन् । अध्यक्ष ओलीले भूकम्पका बेला नेकपा एमालेले २७ हजार घर, १३ हजार स्कुल र चौकीहरू बनाएको भन्दै अब एमाले परोपकारी पार्टीकारुपमा स्थापित पार्टी भइसकेको दावी गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.