पोखरामा भएका निर्णय कार्यान्वयन गर्न राष्ट्रिय युवासंघ नेपालका महासचिव आचार्यको अनुरोध 

काठमाडौं । राष्ट्रिय युवासंघ नेपालका महासिचव रमेश आचार्यले  २०७८ पुस २८ देखि ३० गते पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पूर्ण बैठकले गरेको निर्णय तोडमोड नगर्न अनुरोध गरेका छन् । 

यसअघि पोखरामा सम्पन्न दुवै बैठकबाट पारित कमिटी तोडमोड गरी नयाँ कमिटी गठनको तयारी भइरहेका बेला आचार्यले सो बताएका हुन् । 

‘नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन र १०% मनोनीत तथा ५% समायोजन हुन बाँकी कमरेडहरुको सम्बोधन सम्बन्धी निर्णयलाई तोडमरोड गर्दै आयोजक कमिटीमै रहेका र आयोजक कमिटीमै नरहेका केही व्यक्तिले संगठनको स्थापित मूल्य-मान्यता,विधि र पद्धतिलाई लत्याउँदै संगठनका असल र इमानदार कार्यकर्तालाई भ्रमित पार्ने कोशिस गरिएको छ । यी र यस्ता हर्कत किमार्थ स्विकार्य र क्षमायोग्य छैनन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘तपशील वास्तविकतालाई आत्मसात गरी संगठनको निर्णयअनुसार संगठनको काममा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्दै अन्य कमरेडलाई सोहीअनुसार अघि बढ्न अनुरोध गर्दछु ।’

साथै, उनले नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउँदा अपनाइएका वास्तविकतालाई समानान्तर   निर्णय भए गरेका बुँदा पूर्ण रुपमा लागू गर्न पनि अनुरोध गरेका छन् ।

नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउँदा अपनाइएका विधि
 
१) पार्टी निर्देशन अनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरि महाधिवेशन आयोजक कमिटीको सदस्य,सचिवालय,स्थायी कमिटी ,पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाइएको ।
२) उमेर हद पार गरेका कमरेडहरुलाई अहिलेसम्म संगठनमा पुराउनुभएको योगदानको उच्च कदर गर्नका लागि पुर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
३) पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्षको जिम्मेवारीमा रहनुभएका कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
४) नेतृत्वले पटकपटक सजग गराउँदा पनि संगठनको जिम्मेवार तहमा बसेर पार्टी र संगठनको मुल नेतृत्व र नितिको बद्ख्वाई गर्दै हिड्ने कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
५) संगठनको उपल्लो तहको जिम्मेवारीमा रहेर पनि संगठनको काममा ६ महिना भन्दा बढी निष्क्रिय रहेका कमरेडहरुलाई विधानको आदेशअनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
६) महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पूर्ण पालना गरिएको ।
जसअन्तर्गत :-
१ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला
३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला
५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला
१० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला
जनजाति तर्फबाट ६ खुल्ला ४ महिला
मधेसी तर्फबाट ६ खुल्ला ३ महिला
मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला
उत्पिडित/दलित तर्फबाट २ खुल्ला १ महिला
थारु समुदाय तर्फबाट २ खुल्ला १ महिला
पिछडिएको क्षेत्र तर्फबाट २ खुल्ला १ महिला
अल्पसंख्यक तर्फबाट २ खुल्ला १ महिला
अपांग (विशेष क्षेत्र) तर्फबाट १ खुल्ला १ महिला
विशेष योगदान गरेकाहरु मध्येबाट २ खुल्ला १ महिला
खुल्ला तर्फबाट २७ खुल्ला १३ महिला
कार्यालय कमिटी १० खुल्ला ३ महिला
७) नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बाट १०% मनोनीत (मनोनीत गर्दा आन्दोलनमा विशेष योगदान गर्नुभएका केन्द्रीय सदस्य कमरेडहरुलाई प्राथमिकतामा राखिएको) र ५% समायोजन प्रक्रियामा छुट्नुभएका कमरेडहरु लाई समावेश गरिएको ।
८) पार्टी केन्द्रले तोकिदिएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सिमित संख्या भित्र समावेश गर्न छुट्नुभएका कमरेडहरुलाई योग्यता,क्षमता र क्रियाशीलता अनुसार केन्द्रीय आयोगहरु ( लेखा,अनुशासन र निर्वाचन) , केन्द्रीय विभागहरु,केन्द्रीय युवा परिषद र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.